काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुन लागेको छ ।
दिउँसो ३ बजेबाट हुने भनिएको वार्तामा सहभागी हुन शिक्षक महासंघको तर्फबाट २५ सदस्यीय प्रतिनिधिमण्डल सिंहदरवार पुगेको छ ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ । यद्दपी, सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
मन्त्रीमा नियु्क्त हुने बितिक्कै शिक्षा मन्त्री पन्तले आन्दोलनरत शिक्षकलाइ बार्तामा बोलाएका थिए । लगत्तै, उनीहरू वार्तामा बस्न तयार भएका हुन् ।




















प्रतिक्रिया