३ पुस २०८२, बिहिबार | December 18, 2025

वार्ता गर्न गएका शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए



काठमाडौं । सरकारसँग वार्ता गर्ने भनेर सिंहदरबार गएका शिक्षक नेताहरु गेटबाटै फर्किएका छन् ।

सरकारले आफुखुशी शिक्षक वार्ता टोलीको नाममा गेट पास जारी गरेको आरोप लगाउँदै शिक्षक नेताहरु गेटबाटै फर्किएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफुहरुले तयार नगरेको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं’, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सुवेदीले फेसबुकमा लेखेका छन्, ‘वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका