९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदेश मन्त्री र सांसदको अपमान, कार्यक्रम छाडेर बाहिरिए मन्त्री र साँसद



बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री र सांसदहरूलाई बस्ने व्यवस्था नगरिएको भन्दै बहालवाला प्रदेश मन्त्री र सांसदले कार्यक्रम स्थल छाडेका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित प्रधानमन्त्री ओली सहभागी भएको अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रममा बस्ने ठाँउ नदिएको भन्दै कार्यक्रम छाडेर बाहिरिएका हुन् ।

प्रदेश सांसद चन्द्रकेश गुप्ताले कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार गरिएको भन्दै मन्त्रीहरु सहित आफूले कार्यक्रम बहिष्कार गरेको बताए । उनले करिव आधा घण्टा कराएर प्रदेश मन्त्रीका लागि बस्ने व्यवस्था गर्न आग्रह गर्दापनि आयोजकले नसुनेपछि कार्यक्रम बहिस्कार गरेको बताए । ‘आफु स्थानीय र लुम्बिनीकै निर्वाचन क्षेत्रको सांसद भएका कारण मन्त्री ज्युहरुलाई ब्यवस्था गर्ने प्रयास गरेँ,’ उनले भने, ‘बेवास्ता र अपमान भएपछि उहाँहरुलाई लिएर आफु पनि बाहिर निस्केको हुँ ।’ उनले बिहानै देखि बोलाएर पत्रकारहरुलाई पानी समेत नदिएर आयोजकले तानाशाहीपन देखाएको बताउँदै भोकै प्यासै पत्रकारहरुले समाचार संकलन गरेको आफुले देखेको पनि बताए ।

गुप्ता जनमत पार्टीका नेता हुने भने मन्त्री ढकाल एमाले र न्यौपाने कांग्रेस पार्टीका तर्फबाट प्रदेश सरकारका मन्त्री हुन् ।

मन्त्री ढकालले प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँको व्यवस्था नभएको बताए । उनले ब्यवस्थापनमा कमजोरी भएको बताउँदै बहिस्कार भने नगरेको बताए । उनले मन्त्रीहरु बस्ने ठाउँमा अरु बसिदिएपछि समस्या जस्तो देखिएको बताउँदै आफु मन्त्रालयकै अर्को कार्यक्रममा जानुपर्ने भएकाले बाहिरिएको बताए ।

कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो । कार्यक्रम भोलिसम्म चल्ने छ ।

कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ४५ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल