काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनको क्रममा आज प्रहरीसँग झडप भएको छ ।
माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरु र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको हो ।
आन्दोलनकारी शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपका क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरुले पनि ढुंगा प्रहार गरेका छन् । प्रहरीको लाठी प्रहारबाट १० जनाभन्दा बढी शिक्षकहरु घाइते भएका छन् ।
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । चैत २० गतेबाट शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।



















प्रतिक्रिया