काठमाडौं । नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भएपछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।
गत चैत २० गतेदेखि जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।
निषेधित क्षेत्र तोडन खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथि पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।
सो क्रममा प्रहरीले अहिलेसम्म एकजना शिक्षकलार्इ पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौं शिक्षक घाइते भएका छन् ।



















प्रतिक्रिया