४ पुस २०८२, शुक्रबार | December 19, 2025

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव



काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी दलहरुले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको सो प्रस्तावलाई रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले समर्थन गरेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख गरिएको छ । प्रस्तावमा भनिएको छ, अगाडि भनिएको छ, ‘समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण मागहरु राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरु हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशन पश्चात् काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीर्यता पाइएन ।’

शिक्षक र चिकित्सकको आन्दोलनको आवाजलाई सरकारले बेवास्ता गर्दै आइरहेको उनीहरुले जनाएका छन् । सरकारको वेवास्ता गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक भएको उल्लेख गर्दै उनीहरुले यसबारे संसदमा छलफल आवश्यक रहेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २१ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ