२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : १४ वर्षीय वैभवले विस्फोटक शतक बनाउँदा राजस्थानको सानदार जित



काठमाडौं । १४ वर्षीय युवा ब्याटर वैभव राजवंशीले आक्रामक शतक बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध आठ विकेटको सानदार जित निकालेको छ ।

सोमबार जयपुरमा सम्पन्न खेलमा वैभवले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले प्रस्तुत गरेको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा वैभले ३८ बलमा १०१ रनको शतकीय इनिङ खेले । ३५ बलमा शतक पूरा गरेका उनले सात चौका र ११ छक्का प्रहार गरे । यो आईपीएलमा दोस्रो सबैभन्दा छिटो बनेको शतक हो ।

उनले पहिलो विकेटका निम्ति अर्का ओपनर यसश्वी जैसवालसँग ६५ बलमा ११६ रनको उत्कृष्ट साझेदारी गर्दै राजस्थानलाई जित नजिक डोहोर्‍याएका थिए ।

राजस्थानको जितसम्म अविजित रहेका जैसवालले ४० बलमा नौ चौका र दुई छक्कासहित ७० रन थपे । यस्तै, कप्तान रियान परागले १५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन जोडे ।

गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो ।

गुजरातका कप्तान गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए । उनले यसक्रममा पाँच चौका र चार छक्का प्रहार गरे । गिलले पहिलो विकेटका निम्ति साई सुदर्शनसँग १०.२ ओभरमा ९३ रनको साझेदारी गर्दै गुजरातलाई आक्रामक सुरुआत दिलाएका थिए ।

सुदर्शनले ३० बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे ।

यस्तै, जस बटलरले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन थपे । बटलर र सुभमन गिलले दोस्रो विकेटका निम्ति ७४ रनको साझेदारी गरेका थिए ।

वासिंटन सुन्दरले आठ बलमा एक छक्कासहित १३ रन जोडे ।

राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए । यस्तै, जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए ।

जितसँगै १० खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

यो हारसँगै गुजरातले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । प्रतियोगितामा नौ खेल खेलेको गुजरात १२ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : ५६ बजे

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद