२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन



बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

समितिको १४ औं साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव रनमाया चापागाई, सहसचिव जिवलाल बश्याल, सहकोषाध्यक्ष माया बेल्बासे तथा सदस्यहरु मन्जु खड्का, कमला न्यौपाने, एकदेव न्यौपाने, श्याम कुमार पोखरेल, गणेश न्यौपाने, पप्पु बिक, लक्ष्मी शाक्य, ललिता खनाल तथा लेखा समिति संयोजक विश्वबन्धु न्यौपानेलाई निर्वाचन समितिका संयोजक महेन्द्र थापाले पदस्थापन तथा सपथ ग्रहण गराए ।

कार्यक्रममा पुर्वअध्यक्ष पुर्णानन्द गिरि, रामचन्द्र ज्ञवाली, भक्तबहादुर केसी, ज्योतिप्रसाद अर्याल, समितिका निवर्तमान अध्यक्ष अशोक गुरुङ, सल्लाहकार सुरज भट्टराई, निर्वाचन समितिका सदस्य सुमन अधिकारीले ईतिहास बोकेको मन्दिर भएपनि ओझेलमा परेको बेला नया ढंगबाट विकास अघि बढेको भन्दै अब यसलाई थप उचाईमा लग्ने गरि योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपानेले धार्मिक केन्द्रको आस्थाका रुपमा रहेको मन्दिरको विकासमा नया योजना तयार गरेको बताए । मन्दिरमा बहुउदेश्यीय भवन निर्माण पहिलो योजना रहेको उनले बताईन ।

यसैगरि परापुर्व समयको झल्को दिने विश्राम स्थल निर्माण, जेष्ठ नागरिक केन्द्र लगायतका योजनालाई सबैको साथबाट अघि बढाउने उनले बताईन ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक महेन्द्र थापाले मन्दिरलाई जिवन्त र गतिशिल बनाउने गरि कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०१ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको