४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन



बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

समितिको १४ औं साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव रनमाया चापागाई, सहसचिव जिवलाल बश्याल, सहकोषाध्यक्ष माया बेल्बासे तथा सदस्यहरु मन्जु खड्का, कमला न्यौपाने, एकदेव न्यौपाने, श्याम कुमार पोखरेल, गणेश न्यौपाने, पप्पु बिक, लक्ष्मी शाक्य, ललिता खनाल तथा लेखा समिति संयोजक विश्वबन्धु न्यौपानेलाई निर्वाचन समितिका संयोजक महेन्द्र थापाले पदस्थापन तथा सपथ ग्रहण गराए ।

कार्यक्रममा पुर्वअध्यक्ष पुर्णानन्द गिरि, रामचन्द्र ज्ञवाली, भक्तबहादुर केसी, ज्योतिप्रसाद अर्याल, समितिका निवर्तमान अध्यक्ष अशोक गुरुङ, सल्लाहकार सुरज भट्टराई, निर्वाचन समितिका सदस्य सुमन अधिकारीले ईतिहास बोकेको मन्दिर भएपनि ओझेलमा परेको बेला नया ढंगबाट विकास अघि बढेको भन्दै अब यसलाई थप उचाईमा लग्ने गरि योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपानेले धार्मिक केन्द्रको आस्थाका रुपमा रहेको मन्दिरको विकासमा नया योजना तयार गरेको बताए । मन्दिरमा बहुउदेश्यीय भवन निर्माण पहिलो योजना रहेको उनले बताईन ।

यसैगरि परापुर्व समयको झल्को दिने विश्राम स्थल निर्माण, जेष्ठ नागरिक केन्द्र लगायतका योजनालाई सबैको साथबाट अघि बढाउने उनले बताईन ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक महेन्द्र थापाले मन्दिरलाई जिवन्त र गतिशिल बनाउने गरि कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०१ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा