१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा क्यान्सर अस्पतालमा नयाँ हाकीम आए, तर दरबन्दी आएन



खजुरा । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अघिल्लो कार्यकारी निर्देशक सरुवा भएर गएको दुई महिनापछि नयाँ कार्यकारी निर्देशकलाई पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पतालमा कार्यरत ज्वलन्त पौडेललाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाएर पठाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दुई महिनादेखि प्रमुख विहीन रहँदै आएको थियो ।

क्यान्सर अस्पतालका लागि मन्त्रालयले ढिलागरि कार्यकारी निर्देशक पठाएपनि अस्पताल संचालन भएको १० वर्ष पुग्दा न त दरबन्दी सृजना गरिएको छ, न त कितावखानामा अस्पतालका कर्मचारीको सूचीकृत नै गरिएको छ । संघीय सरकारले स्वामित्व ग्रहण गरेको ९ वर्ष पुरा हुँदा सम्म पनि अस्पताल करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट संचालन हुँदै आएको छ । गत साउन २५ गते अस्तालको अवलोकनका लागि आएका स्वास्थ्यमन्त्री प्रदिप पौडेल र स्वास्थ्य सचिव डा. रोसन पोखरेलले गरेको प्रतिबद्धता पनि झुठो साबित भएको छ । उनीहरुले सार्वजनिकरुपमा एक महिना भित्र अस्पताललाई आवश्यक मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट पठाउने प्रतिबद्धता ब्यक्त गरेपनि अस्पतालमा बिषयगत विशेषज्ञहरु नआएपछि उनीहरुको आश्वासन झुठो साबित भएको हो ।

अस्पतालको अनुगमनका क्रममा स्वास्थ्यमन्त्री पौडेलले अति आवश्यक दरबन्दी यथासिघ्र पुरा गरिने बताएका थिए भने उनकै उपस्थितीमा स्वास्थ्य सचिव पोखरेलले अति आवश्यक मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट १ महिना भित्र पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रतिबद्धता अनुसार अहिले सम्म कुनै दरबन्दीका चिकित्सक अस्पतालमा पठाइएको छैन ।

रेडियोलोजिष्टको दरबन्दी नहुँदा ज्यालादारीमा खोजिएको प्राबिधिकबाट सिटी स्क्यान, भिडियो एक्सरे र मेमो ग्राफी संचालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट क्यान्सरको उपचारका लागि आउने बिरामीहरुले सिटी स्क्यान, भिडियो एक्सरे । मेमो ग्राफीको पालो नपाउँदा निजी अस्पतालमा महङ्गो मूल्य तिरेर सेवा लिन बाध्य हुने गरेका छन् ।

क्यान्सर रोगको मुख्य उपचारमा प्रयोग हुने लिन्याक मेसिनको भन्सार गराउँदा एचएस कोड फरक परेको भन्दै सप्लायर्सलाई भुक्तानी रोकिँदा मेसिनमा समस्या आए वारेन्टी क्लेम समेत हुन नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ । सप्लायर्सले सम्झौता बिपरित फरक कन्ट्रि अफ ओरिजन र एचएस कोडको मेसिन पठाएपछि मन्त्रालयबाट बाँकी भुक्तानी रोकिएको हो । मेसिनमा तत्काल समस्या आएमा सेवा नै अवरुद्ध हुने अवस्था रहेको अस्पताल स्रोतको भनाई छ ।

लिन्याक मेसिन खरीद गर्दा सप्लाई गर्ने कम्पनीबाट खरिद सम्झौता भन्दा विपरितको एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिन अस्पतालमा झरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको स्रोतको भनाई छ । स्रोतका अनुसार फरक एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिनको भुक्तानी गर्दा फसिने त्रासले कार्यकारी प्रमुख नटिक्ने गरेका छन् । त्यसो त अस्पताल प्रशासनले फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा सहजिकरण गरिदिन पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपनि मन्त्रालयले वास्ता नगरेपछि लिन्याक मेसिन खरिदको विवाद कायम रहेको छ ।

मन्त्रालयले पटक पटक ओ एन एम स्वीकृत गरिने जनाउँदै आएपनि ९ वर्षदेखि अस्पताल दरबन्दी बेगर संचालन हुँदै आएको हो ।

नेपाल सरकारले २०७२ सालमा एक धार्मिक संस्थाबाट अस्पतालको स्वामित्व ग्रहण गर्दै पूर्णरुपमा संघीय सरकारबाट अस्पवताल संचालन गर्ने निर्णय गरेको थियो । नव नियुक्त निर्देशक पौडेलले आफुले अस्पतालको वस्तुस्थिती बुझ्दै गरेको उल्लेख गर्दै बुझेपछि मात्र अस्पतालका बारेमा केही बताउन सकिने बताए ।

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ०७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा