८ असार २०८३, सोमबार | June 22, 2026

दुर्घटना न्यूनीकरणका लागि बजेट विनियोजन गर्न यातायात व्यवसायीको माग



काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला नेतृत्वको टोलीले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्ष २०८२र८३ मा आवश्यक बजेट विनियोजन गर्न माग गरेको हो ।

दुर्घटनाको वार्षिक तथ्याङ्क हेर्दा दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारीसाधनबाट लगभग ७९ प्रतिशत दुर्घटना भएको प्रमाणित भएको भन्दै न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजनका लागि महासङ्घले माग गरिएको उपाध्यक्ष सिटौलाले बताए ।

उनले लामो समयदेखि सञ्चालनमा नरहेका, बिग्रिएर रहेका, पत्रु अवस्थामा रहेका हजारौँ निजी र सार्वजनिक सवारीसाधनको तथ्याङ्क यातायात व्यवस्था कार्यालयमा रहेका उल्लेख गरे । प्रत्येक वर्ष कर वृद्धि भई सम्बन्धीत सवारी धनीले लागत कट्टा गर्न नसक्ने अवस्था भएकाले एक आवको सबै कर लिई अन्य आवको कर छुट तथा लागत कट्टा गर्ने व्यवस्था मिलाउन माग गरिएको उनको भनाइ छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले सवारी बिमा दर निर्देशिका, २०७३ लाई समयअनुकूल संशोधन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

महासङ्घले सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिलाई छुटको व्यवस्था गरेबापत सरकार र महासङ्घबीच भएको तत्कालीन सम्झौताअनुसार वार्षिक रूपमा यात्रुवाहक सवारीलाई ६० प्रतिशत कर, रुट परमिट र वार्षिक करमा छुट दिने व्यवस्था गरिएकामा सम्झौता कार्यान्वयन नभएको भन्दै उक्त व्यवस्था यथाशीघ्र लागू गर्नसमेत सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ३६ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश