२ श्रावण २०८३, शनिबार | July 18, 2026

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल : शेखर कोइराला



नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको भावना अनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठनमा कांग्रेसको भूमिका भए पनि वर्तमान सरकार सत्ता जोगाउने मोहमा अल्झिएको दाबी गरे।

“सरकारले जनतालाई सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह दिने वाचा गरेको थियो, तर अहिले ती सबै कुरा बिर्सिएको छ,” कोइरालाले भने।

उनले सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै नौ महिना बितिसक्दा पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गरे। “९ महिना बित्दा पनि सुशासन देखिएन भने कहिले देखिने ?” भन्दै उनले सरकारको आलोचना गरे।

डा। कोइरालाले भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको गम्भीर आरोप लगाए। प्रधानमन्त्री स्वयं भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असमर्थ देखिएको उल्लेख गर्दै उनले यसलाई गम्भीर चिन्ताको विषय भने।

उनका अनुसार सरकार जनताको मनोबल बढाउनेतर्फ होइन, गुटगत स्वार्थ र शक्ति सन्तुलनको खेलमा व्यस्त छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको प्रसंग उठाउँदै उनले सबैखाले भ्रष्टाचारको छानबिनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने धारणा राखे। महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको भन्दै उनले कार्यकर्तालाई सचेत रहन र समयमै महाधिवेशनका लागि दबाब दिन आग्रह गरे।

सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोहोरिएकोजस्तो देखिएको भन्दै उनले कार्यान्वयन पक्ष कमजोर हुने चिन्ता व्यक्त गरे। उनले बजेट सुनिश्चित गर्दै कार्यान्वयनमा गम्भीर हुन सरकारलाई सुझाव दिए।

डा कोइरालाले वर्तमान अवस्थाबाट देशलाई बाहिर निकाल्न गम्भीर आत्ममूल्यांकन र सुधार आवश्यक रहेको भन्दै सरकारलाई जनताको मुद्दा र मागप्रति गम्भीर बन्न आग्रह गरे।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ०८ बजे

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य