१३ बैशाख २०८३, आइतबार | April 26, 2026

हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा



काठमाडौँ । संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छारोछोरी नेपाल आउने वातावरण निर्माण गर्नेगरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण कोसिस रहने धारणा राखे ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिकिर गरे । आफ्ना नागरिकलाई पराई बनाउन हुन्न भन्नेमा राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा र निजामती प्रशासनमा सुधार नल्याएसम्म देशविकासको नारा कागजमा सीमित रहने धारणा राखे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान र नेपालको नागरिकता ऐन २०६३ संशोधनका बेला ब्रिटिस गोर्खाले आफ्नो नागरिकताले निरन्तरता पाउनुपर्ने कारणसहितको दलिल पेस गर्नुपर्ने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नरहेको तर्क गरे । उले कसैलाई पनि राज्यविहीनताको अवस्थामा राख्न नहुने बताए ।

यसअघि अभियानका सल्लाहकार कृष्णबहादुर राईले देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन र ब्रिटिस गोर्खाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । अभियानका अध्यक्ष फुर्वा शेर्पाले ब्रिटिस गोर्खाले उठाउँदै आएका विषय पहिचान र न्याय, बलिदान र योगदानसँग जोडिएका भन्दै राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याए ।

उक्त अभियानले बेलायती सेनामा भर्ती भएका लाहुरेको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुनी सुविधा हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस अवसरमा बेलायती सेनाबाट निवृत्त भएका करिब २२ हजार पूर्व गोर्खा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिब २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : १४ बजे

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन