काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड पार्टीको पदाधिकारी बैठक सकेलगत्तै सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी उपमहासचिव वर्षमान पुन समेत सहभागी भएको सो छलफलका क्रममा अहिलेसम्म भइरहेका कामबारे जानकारी गराइएको थियो ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पुनले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सरकारले सकारात्मक रुपमा अघि बढाएको बताए । ‘टीआरसी सम्बन्धी विशेषगरी पीडित र सरोकारवालाहरुले उठाएको विभिन्न पक्षहरुमा, त्यसबारेमा भइरहेको प्रक्रियाका विषयमा प्रधानमन्त्रीज्यूसँग प्रमुखप्रतिपक्षी दलको नेताको हैसियतले उहाँका जिज्ञासहरुमा छलफल गर्ने काम भयो,’ पुनले भने।



















प्रतिक्रिया