४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएकोसमेत जनाउका छन् । “नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ”, प्रधानमन्त्री ओलीले लेखेका छन्, “उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।”

प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताए । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ४३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा