नेपालगन्ज । बाँकेमा सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमा सवार अर्का गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १(०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्हरीले जनाएको छ ।
दुर्घटनाबाट ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिईन । उनका अनुसार घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।
प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ ।


















प्रतिक्रिया