कुश्मा । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा २ वटा गुटका युवा सङ्घका नेता कार्यकर्ताबिच कुटाकुट भएको छ । पर्वतबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने गणेश तिमिल्सिना र पदम गिरी समूहका युवा बीच कुटाकुट भएको बताइएको छ ।
झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धु्रव श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गिरी पक्षले आज आयोजना गरेको अधिवेशनको समय सार्न तिमिल्सिना पक्षले माग गरेको थियो । तिमिल्सिना पक्षको मागलाई बेवास्ता गर्दै गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि भडपको अवस्था आएको एकाले पर्वतका एक नेताले बताए । तिमिल्सिना पक्षका युवाले अधिवेशन स्थलमा विरोध गर्दा झडप भएको बताइएको छ ।



















प्रतिक्रिया