२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भारतमा दिनप्रतिदिन बढ्दै कोरोनाभाइरस, एकै दिनमा ९० हजार भन्दा बढी सङ्क्रमित



नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ९० हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।

कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।अधिकारीहरूका अनुसार आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् ।

भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  २ : १४ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम