७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन



गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यहाँ उत्पादित कृषिउपज समयमा बजारसम्म पुर्याउन नसक्दा किसानहरूले ठूलो आर्थिक समस्या भोग्दै आएका छन् ।

उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको जनाइएको छ । सहकारीले किसानद्वारा उत्पादित तरकारी खरिद गर्ने र बजारसम्म पु¥याउने जनाएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरूले उत्पादित सामग्री सहज रूपमा बजारसम्म पु¥याउन सजिलो हुने भएको छ । यसले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताइन । उत्पादित कृषिउपज सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकले पनि उचित मूल्य पाउने भएपछि उत्साहित भएका उहाँले उल्लेख गरिन ।

कृषि एम्बुलेन्स सञ्चालन गर्नका लागि पालिकास्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र प्रत्येक वडामा उपसमिति गठन गरिएको छ । साथै प्रत्येक वडाको टोलटोलमा सङ्कलन केन्द्र राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए । यसरी सङ्कलन गरिएका तरकारी कृषिउपज बिक्री केन्द्र बुटवलमा लैजाने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

गाउँपालिकाले कृषिउपज बिक्रीका लागि बुटवलमा २८ नम्बर सटर भाडामा लिएको छ । कृषिउपज बिक्री केन्द्र बुटवलले सहकारीलाई सहुलियत दरमा सटर उपलब्ध गराउँदै आएको छ । गत वर्ष उक्त सटरबाट एक सय टन तरकारी बिक्री भएको थियो । पालिकामा व्यावसायिक रूपमा सागसब्जीखेती गर्ने कृषकहरू बढेकाले यस पटक दुई सय टन तरकारी बिक्री गर्ने लक्ष्य राखिएको पालिकाका अध्यक्ष पाण्डेले बताए ।

पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ । दश १० क्विन्टलसम्म तरकारी उत्पादन गरेर सहकारीमार्फत बिक्री गरेमा प्रतिकिलो रु दुई र दश क्विन्टलभन्दा माथि प्रतिकिलो रु तीन अनुदान उपलब्ध गराउँदै आइएको अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार पालिकाले गत वर्ष रु एक लाख ५० हजार उत्पादनको आधारमा कृषकलाई अनुदानबापतको रकम उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ४८ बजे

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त