२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बाँकेका स्थानीय तहलाई नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराईने



नेपालगन्ज । पत्रकार महासंघको बाँके शाखाले बाँके जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउने निर्णय रेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार शाखाका साधारण सदस्यहरूको सदस्यता नवीकरणको लागि आह्वान गर्ने समेत निर्णय गरेको छ । आव २०८१/८२ सालको सदस्यता नवीकरणका लागि आगामी जेठ १५ गतेसम्म समय तोक्ने निर्णय गरिएको महासंघ बाँके शाखा सचिव कृष्ण ओलीले बताए ।

सचिव ओलीका अनुसार बैठकले जेठ महिनाभित्र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरेर तालिम, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ भने नेपालगन्ज उद्योग बाणिज्य संघसँगको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सह‌कार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ५० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन