२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेका स्थानीय तहलाई नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराईने



नेपालगन्ज । पत्रकार महासंघको बाँके शाखाले बाँके जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउने निर्णय रेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार शाखाका साधारण सदस्यहरूको सदस्यता नवीकरणको लागि आह्वान गर्ने समेत निर्णय गरेको छ । आव २०८१/८२ सालको सदस्यता नवीकरणका लागि आगामी जेठ १५ गतेसम्म समय तोक्ने निर्णय गरिएको महासंघ बाँके शाखा सचिव कृष्ण ओलीले बताए ।

सचिव ओलीका अनुसार बैठकले जेठ महिनाभित्र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरेर तालिम, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ भने नेपालगन्ज उद्योग बाणिज्य संघसँगको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सह‌कार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ५० बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु