११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा कोरोना संक्रमित एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-९ का ५९ बर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको हो ।

गत भाद्र १३ गते स्वास्थ्यमा समस्या भएपछि कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ पेड आइसोलेसन होटल ईन्द्रेणी न्यूरोडमा बसेर उपचार गराईरहेका थिए ।

आईतबार मध्यान्ह स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । उपचारकै क्रममा राती ८ः३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बांकेका अधिकृत तथा कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई पहिले ३ बर्षदेखि मधुमेह र ५ बर्ष पहिलेदेखि मुटुको रोग रहेको पारिवारीक श्रोतले बताएको छ ।

आईतबार भएको मृत्युसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ३५ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील