२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईसीसी विश्वकप लिग-२ : आरिफ र गुल्सनको शानदार ब्याटिङमा नेपाल विजयी



काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार कार्डिफको न्युपोर्ट टोलीलाई नेपालले तीन विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाउँदै नेपाललाई जितको बाटो देखाएका थिए । गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले नटआउट ७३ रन बनाए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

सुरुमा बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका लागि रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान एकएक विकेट लिए । युकेमा नेपालले थप तीन टोलीसँग अभ्यास खेल्नेछ । अभ्यास खेलपछि नेपालले लिग-२ का खेल खेल्नेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ६ : २३ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३