२७ भदौ २०८३, शनिबार | September 12, 2026

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल प्रतिष्ठासँगै जित निकाल्ने अवसर पनि हो । खराब लयमा रहेको नेपालमाथि हारको शृंखला अन्त्य गर्ने दबाब रहेको छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

शृंखलाको पहिलो दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग समान १५८ रनको लक्ष्य प्रस्तुत गरे पनि दुवै खेलमा क्रमशः ८ विकेट र ६ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा भने नेपालले नामिबियाविरुद्ध २१२ रनको लक्ष्य पछ्याउँदै रोमाञ्चक प्रतिस्पर्धा गरे पनि तीन रनले पराजित भएको थियो । नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २०८ रन मात्र बनाउन सकेको थियो ।

यस शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल शीर्ष चारभित्र रहेर सिधै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनाबाट समेत बाहिरिएको छ ।

अंक तालिकामा लगातार हारपछि नेपाल २४ अंकसहित छैटौं स्थानमा झरेको छ भने २६ अंक जोडेको नामिबिया पाँचौं स्थानमा उक्लिएको छ । ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

यस्तै, अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा, स्कटल्यान्ड ३८ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित चौथो, क्यानडा २४ अंकसहित सातौं तथा यूएई १४ अंकसहित पुछारमा रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : ३४ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ