२ कार्तिक २०८३, सोमबार | October 19, 2026

विश्वकप लिग-२ : नेपालले आज ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले दुई खेल जितेको छ भने एक खेलमा पराजय बेहोरेको छ । यस्तै, ओमानले नेपालसँगको खेल गुमाएको थियो भने क्यानडाविरुद्ध एक खेलमा जित निकालेको थियो ।

विश्वकप लिग-२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने नेपालको सम्भावना समाप्त भइसकेको छ । त्यसैले नेपाल अहिले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यमा केन्द्रित छ ।

लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन सके नेपालको ओडीआई मान्यता सुरक्षित हुनेछ । पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछन् भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ ।

नेपाल अहिले ३५ खेलबाट २८ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित राख्ने चुनौतीबीच नेपालका लागि आजको खेल महत्त्वपूर्ण बनेको छ । लिग-२ को यस चरणमा नेपालको यो अन्तिम खेलसमेत हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा छन् ।

एकदिवसीय मान्यता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रने नेपालका लागि ओमानविरुद्धको खेल निर्णायक महत्त्वको हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : १२ बजे

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको

दरवाङमा सडक कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई