११ श्रावण २०८३, सोमबार | July 27, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

हाल प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

यसकासाथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान १ः३० बजे मापन गरिए अनुसार गोरखा जिल्लाको बारपाक र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा अति ठुलो बर्षा भएको छ । त्यस्तै थप वर्षा हुने सम्भावना पनि रहेको छ ।

बारपाक लगायत गोरखाका स–साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने र कमजोर भिरालो जमिन भएको ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसकासाथै प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ०६ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील