१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ



बागलुङ । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यवसायिकता दिने प्रयास गरिएको थियो ।

सफल परीक्षण भएपनि हालसम्म व्यवासायिक प्याराग्लाइडिङ हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेको थियो । तर, त्यो प्रयोग विहीन भएको छ ।

यहाँका बागलुङ नगरपालिका-६ भरिलाखुरी, बागलुङ नगरपालिका-१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका-९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका-७ राम्चेढुङ्गालगायतका स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेका छन् ।

बलेवामा प्याराग्लाइडिङका लागि पोखराको सराङ्कोटको विकल्पमा बनाइएका पूर्वाधार पाँच वर्षदेखि प्रयोग विहीन छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा रु २० लाख खर्चेर बलेवाको पहरेडाँडामा विभिन्न संरचना बनाएपनि प्रयोगमा ल्याउन नसकिएको बागलुङ नगरपालिका-१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“पाँच वर्षअघि बलेवामा प्याराग्लाइडिङ हुने भएपछि निकै उत्साहित थियौँ, २०७५ सालको बलेवा महोत्सवमा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि पहरेडाँडामा प्याराग्लाइडिङका लािग मैदान, विश्रामस्थल भवन र शौचालय तयार गरेपनि प्रयोगमा आएको छैन,” वडा अध्यक्ष शर्माले भने, “पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसाय धरापमा परेपछि झनै आश म¥यो ।”

प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई प्याराग्लाइडिङको विकल्पका रूपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।

साहसिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर भएपनि व्यवसायिकता पाउन सडक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ४२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा