२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा शुद्धोधनका अध्यक्ष बुटवलबाट पक्राउ



बुटवल । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा एकजना पालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई विद्युतीय अपराध मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको पक्राउ पुर्जीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष चौधरीमाथि बलात्कृत महिला तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा गत जेठ १ गते रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ३ : २० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले