१४ भदौ २०८३, आइतबार | August 31, 2026

माओवादी अभियान टोलीद्वारा रुकुमपूर्वको अर्गानिक सहकारी मार्टको अवलोकन



रुकुमपूर्व । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।

उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याउँदै आएको छ। अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी दिए ।

उनले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ९ : २९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति