४ पुस २०८२, शुक्रबार | December 19, 2025

अनुसन्धान टोलीको निष्कर्ष : नाम्खामा तीन हिमताल



हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले दुईवटा नभई तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ ।

जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन मिटर ५० उचाइमा तीनवटा हिमताल भेटिएको निष्कर्ष निकालेको हो ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।

पहिरो आएलगत्तै त्यहाँका स्थानीय हिमताल फुटेको ठाउँमा जाँदा दुईवटा हिमताल फुटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुईवटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताए ।

यही जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढीले १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुईवटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ३ : ५६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा