२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : लखनउ माथि सानदार जित निकाल्दै आरसीबी क्वालिफायर १ मा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले इतिहासकै तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ ।

मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै बेंगलुरुले अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ । अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए । दुवैले १०७ रनको साझेदारी गरे ।

यस्तै विराट कोहलीले ५४ रन बनाए । उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे । उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे ।

बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो । यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए । उनले ११ चौका र ८ छक्का प्रहार गरे । तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए । आईपीएलमा भोली देखि प्ले अफका खेलहरु हुनेछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २९ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको