२७ श्रावण २०८३, बुधबार | August 12, 2026

चितुवाका चार बच्चा एकै ठाउँमा भेटिए



लमजुङ । पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन् ।

सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका- २ किरेपानी सामुदायिक वन नजिकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् । स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो ।

खबरलगत्तै सबडिभिजन कार्यालयले बेँसीशहर सबडिभिजन वन कार्यालयलाई खबर गरेर उक्त स्थानमा प्रमुख नारायणप्रसाद कोइरालालगायतको टोली पठाएको डिभिजन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए । साना भर्खरै जन्मिएका बच्चाहरू रहेको उनले बताए ।

यस क्षेत्र वरिपरि मानिसको बस्ती नरहेको र जङ्गल रहेकाले मानिसलाई त्यति खतरा नरहेको र बच्चाको माउ आएर बच्चा लैजाने भएकाले सोही स्थानमा केही नगरी उक्त टोली फर्किएको छ । चितुवाका बच्चा भालेले मारिदिने र पोथीले विभिन्न स्थानमा सार्दैसार्दै हुर्काउने भएकाले सो स्थानमा ल्याएको हुन सक्ने जनाइएको छ । टोली मङ्गलबार पनि त्यहाँ अनुगमन गर्न जानेछ ।

लमजुङमा अन्य जिल्लाका तुलनामा चितुवाले मानिसलाई आक्रमण गरेको घटना निकै कम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यही महिनाको पहिलो सातातिर बेँसीशहर नगरपालिका- ९ साम्दीका एक बासिन्दालाई चितुवाले आक्रमण गरेको थियो ।

त्यस्तै गत वर्ष बेँसीशहर- २ नवरुवालमा समेत चितुवाले आक्रमण गरेको थियो । मानिसलाई कम आक्रमण गरे पनि पशुचौपायालाई भने बेला बेला आक्रमण गर्दै मार्ने गरेको उक्त कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ६ : ४७ बजे

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन