१६ असार २०८३, मंगलबार | July 1, 2026

पञ्जाबलाई हराउँदै आरसिबी आईपीएलको फाइनलमा



काठमाडौं । रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।

पञ्जाबले दिएको १०२ रनको सामान्य लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि फिल साल्टले शानदार अर्धसतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

यस्तै मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रन बनाए । आरसिबीका बिराट कोहली १२ रनमा आउट भएका थिए । पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले एक एक विकेट लिए ।

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाएका थियो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिए । यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिए । जितसँगै आरसिबी फाइनलमा प्रवेश गरेका थियो । पराजित भएको पञ्जाबले एलिमिनेटर खेल्ने छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ७ : २३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी