२० मंसिर २०८२, शनिबार | December 6, 2025

पञ्जाबलाई हराउँदै आरसिबी आईपीएलको फाइनलमा



काठमाडौं । रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।

पञ्जाबले दिएको १०२ रनको सामान्य लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि फिल साल्टले शानदार अर्धसतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

यस्तै मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रन बनाए । आरसिबीका बिराट कोहली १२ रनमा आउट भएका थिए । पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले एक एक विकेट लिए ।

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाएका थियो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिए । यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिए । जितसँगै आरसिबी फाइनलमा प्रवेश गरेका थियो । पराजित भएको पञ्जाबले एलिमिनेटर खेल्ने छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ७ : २३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको