२१ भदौ २०८३, आइतबार | September 6, 2026

संक्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी



काठमाडौं । काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् ।

कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् ।

कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्किएका छन् ।

उनि आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयौँ फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो ।

उनले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताए । स्वास्थ्य कार्यालय प्रमुख बस्नेतले कोरोना सङ्क्रमितलाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।

आफूलाई कसैले घृणा नगरे पनि समाजमा बौद्धिक वर्गले नै सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अनुभव सुनाए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ७ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त