२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

संक्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी



काठमाडौं । काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् ।

कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् ।

कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्किएका छन् ।

उनि आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयौँ फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो ।

उनले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताए । स्वास्थ्य कार्यालय प्रमुख बस्नेतले कोरोना सङ्क्रमितलाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।

आफूलाई कसैले घृणा नगरे पनि समाजमा बौद्धिक वर्गले नै सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अनुभव सुनाए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ४२ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि