१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कर्णाली राजमार्ग चार दिन बन्द हुने



मान्म । कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो । कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।

“यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ”, उनले भने, “कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ ।”

सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाटसडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको हो । उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ३ : ०२ बजे

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश