नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.११ ले र डिजेलमा रु. १.०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ । हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु. २.५७ ले घटेको छ ।
यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२:०० बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. २.०० ले र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १०.०० ले वृद्धि गरिएको हो । यससँगै काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ ।

यसैगरी हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर रु. ३.०० ले घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडान मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ ।
साथै, एलपी ग्यास (खाना पकाउने ग्यास) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।


















प्रतिक्रिया