१३ पुस २०८२, आइतबार | December 28, 2025

नारायण चौरबाट पक्राउ परे कमल थापा



काठमाडौं । राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार काठमाडौंको नारायण चौरमा तनाव भएको छ ।

आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो ।

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई पक्राउ गरेको छ ।

थापा पूर्वगृहमन्त्रीसमेत हुन् । आइतबार तेस्रो दिन उनीसहित राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो ।

बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेपछि उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको थियो ।

नारायण चौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको थियो । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ४ : २२ बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको