२० मंसिर २०८२, शनिबार | December 6, 2025

मुम्बई विरुद्ध अयरको विस्फोटक ब्याटिङ, पञ्जाब किङ्स आईपीएलको फाइनलमा



काठमाडौं । पञ्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पञ्जाबले क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्‍यो । कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए । उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले । उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए । श्रेयसबाहेक नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए । उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४-४४ रनको पारी खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए । पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग फाइनल खेल्नेछ ।

आरसीबीले क्वालिफायर-१ मा पञ्जाबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर-२ मा आएर समाप्त भयो । मुम्बईले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टिम क्वालिफायर-२ पार गर्न असफल रह्यो । पञ्जाब र आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, त्यसैले यो पटक प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : १३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय