३२ असार २०८३, बिहिबार | July 16, 2026

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताएकी छिन । टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताइन ।

उनले भनिन, “शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।”

उनले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन ।

“हाम्रो शैक्षिक नीति, शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण पद्धति समयानुकूल हुनु आवश्यक छ । शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणका लागि गरिने अमूल्य लगानी हो । त्यसकारण शिक्षा लगानी बढाउन कुनै सङ्कोच मान्नुपर्दैन”, उनले भनिन ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न महानगरले काम गरिरहेको बताइन । “शिक्षाको महत्त्व बुझेर नै शिक्षा प्रणालीमा सुधार गर्न सङ्घीय बजेटसँगै हामीले थप गरेर शिक्षाका क्षेत्रमा काम गरिरहेका छौँ । बालबालिकाको उज्ज्वल भविष्यका लागि महानगर सदैव चनाखो भएर काम गरिरहेको छ । समयानुकूल शिक्षा परिमार्जित हुनुपर्छ भन्ने लागेर हामीले किताबी ज्ञानसँगै शिक्षामा सीपका लागि किताबरहित शुक्रबारको अवधारणा ल्याएका हौँ । यसले किताबकै कुरालाई व्यवहारिक रूपमा सिकाउने गरेको छ”, उपप्रमुख डङ्गोलले भनिन ।

काठमाडौं-५ तथा टङ्गाल मावि व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले सबै पक्षको सहयोगले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै अभिभावकको मन जित्न सफल भएको बताए । “प्रयास गर्यो भने हामी सफल हुन्छौँ, हामीले प्रयास गरेर यसलाई राम्रो बनाउन सफल भएका छौँ । यो वडामा टङ्गाल मावि मात्र एउटा सामुदायिक विद्यालय हो, तर यो अन्यभन्दा कुनै हिसाबले कम छैन । यसलाई आगामी दिनमा हामी अझै प्रभाकारी बनाउँदै अगाडि बढाउने छौँ, यहाँ देखिएको कमीकमजोरीलाई छिट्टै हटाउने छौँ”, वडाध्यक्ष प्रजापतिले भने ।

उक्त अवसरमा विद्यार्थीले देशभक्ति भाव रहेका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयले शिक्षक र विद्यार्थीसँगै विद्यालयमा आर्थिक सहायता गर्ने समाजसेवीलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ६ : ५९ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको