१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

भैरहवा सेजमा डेढ अर्ब लागतको अत्याधुनिक गार्मेन्ट उद्योग, १ हजार २ सय बढीले रोजगार पाउने



बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घरना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङसहितको समुहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो ।

भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पुजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । ९ महिना भित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले जानकारी दिए ।

नेपाली बजारका साथै उरोपेली मुलुक तथा अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २ सय बढीले राजगार प्राप्त गर्ने बताउँदै उनले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गरे । उद्योग निर्माणको कामसँगै त्यहाँ आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम समेत एकसाथ सञ्चालन भइरहेको जानकारी गराउँदै उनले नेपालको अर्थतन्त्रमा सानै भएपनि योगदान गर्न सकिने अपेक्षा व्यक्त गरे ।

उनले भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्याउनले लक्ष्य राखिएको जानकारी गराए । “हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौँ,” उनले भने, “स्थानीय बजारमा पनि पठाउछौँ । उद्योगका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने योजना रहेको बताउँदै उनले भने “कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठूला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दैछौँ ।”

सेज भित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि रहेका छन् । सेज भित्र स्थापना हुने उद्योगहरुलाई सरकारले विशेष सुविधाहरु उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण बिस्तारै बन्दै गएको उल्लेख गरे । उद्योगको शिलान्यासपछि प्रतिक्रिया जनाउँदै उनले भने ‘नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्ना लागि पनि हामीले औद्योगिक क्षेत्रमा लगानी गरेका हौ । हामी जस्तै अरुसँग पनि क्षमता छ तर, आत्मविश्वासको कमी मात्रै हो । अब सबैले मिलेर देशमा केही गर्नुपर्छ ।’ नेपालको अर्थतन्त्रमा आफ्नोतर्फबाट सक्दो योगदान गर्ने बताउँदै उनले सबै निजी क्षेत्रले उत्पादनमा लगानी गर्न आह्वान समेत गरे । भाटभटेनीका अहिले देशभर २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।

भैरहवा सेज भित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरुका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए । यहाँ हाल १३ वटा उद्योग मध्ये ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने २ वटा बन्द अवस्थामा रहेका छन् । आगामी ६ महिना भित्र थप उद्योगहरु पनि सञ्चालनको तयारीमा रहेको डुम्रेले जानकारी दिए । सेज भित्र ६८ वटा प्लट रहेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  २ : ४९ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति