१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ



स्याङ्जा । स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो । वालिङ नगरपालिका-१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो ।

“गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीका विभिन्न मुल बीउको परीक्षण तथा उत्पादन गर्दै आएको छ”, उनले भने, “यस कार्यालयले उत्पादन गरेका मुल बीउ किसानलाई उपलब्ध गराउने र किसानले उत्पादन गरेका उन्नत बीउको बिक्रीका लागि समन्वय गर्दै आइरहेको छ ।”

स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् । सूचिकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन् । यस वर्ष जिल्लामा सूचिकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उनले बताएका छन् ।

स्याङ्जाबाट स्याङ्जाका स्थानीय तहहरुसहित तनहुँ, कास्की र नवलपुरका स्थानीय तहमा डेसिस प्रणालीमार्फत बिक्री गरिएको हो । स्याङ्जाबाट बिक्री भएको धानको बीउमध्ये ८० प्रतिशत रामधान, १५ प्रतिशत सावित्री र पाँच प्रतिशत सावा मन्सुली रहेको उनले बताए ।

“जिल्लाका विभिन्न स्थानमा रहेका समूह सहकारीले उन्नत धानको बीउ उत्पादन गर्नुहुन्छ”, उनले भने, “विभिन्न प्रक्रिया पूरा भई प्रमाणीकरण भएका बीउ बिक्रीका लागि किसानले डेसिस प्रणालीमा अपलोड गर्नुहुन्छ, सोही आधारमा ब्व्यवसायीको खोजी गरी बिक्री गर्छौं ।” किसानले डेसिस प्रणालीमार्फत बीउ बिक्री गर्दा प्रति किलोको छुट्टाछुट्टै मुल्य निर्धारण गरिएको छ । सोही प्रणालीमार्फत बिक्री गरेका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको उनले बताए ।

रामधान प्रति किलो रु ६८, सावित्री प्रतिकिलो रु ६२, खुमल प्रजाति तथा बासमतिको प्रतिकिलो रु ९८ निर्धारण गरिएको छ । धान बिक्रीपश्चात किसानलाई रामधानमा प्रतिकिलो रु २२, सावित्रीमा प्रतिकिलो रु १७ र खुमल तथा बासमतिमा प्रतिकिलो रु २८ प्रोत्साहनस्वरुप उपलब्ध गराइने उनले बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १२ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले