२२ चैत्र २०८२, आइतबार | April 6, 2026

कर्णालीमा पहिलो जल सम्मेलन सम्पन्न



जुम्ला । कर्णालीका २८ वटास्थानीय तह अन्तर्गतको पहिलो जल सम्मेलन सम्पन्न भएको छ । १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै जुम्लाको हिमा गाउँपालिकामा पहिलो जल सम्मेलन सम्पन्न भएको हो । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना संचालन भएका कर्णालीका २८ वटास्थानीय तह स्तरमा पहिलो जल सम्मेलनको आयोजना भएको हो ।

दुईदिन सम्म संचालित सम्मेलनले हिमाका खानेपाानी आयोजनाको दिगो व्यवस्थापन,संचालन तथा मर्मत संभारलाई प्रभावकारी बनाउने सवाललाई जोड दिँदै १२ बुँदे प्रतिबद्धता(पत्र जारी भएको हिमा गाउँपालिका वास संयोजक सुमिता शाहीले जानकारी दिईन् ।

खानेपानी योजनाको दिगो व्यवस्थापन र संचालनको मुख्य उदेश्य राखेर हिमामा पहिलो पटक जल सम्मेलन आयोजना गरिएको उनले बताइन् ।

उनका अनुसार खानेपानी सरसफाई तथा स्वच्छता, योजनाको पहुचको सुनिश्चितता, दिगो संचालनका लागि कार्यविधि तयार गरी लागु गर्ने, वास योजना निर्माण गरि सोहि आधार मर्मत संभार नीति बनाउने,मर्मत संभार कोष स्थापना गर्ने,पानीको बहुउपयोग,हरेक वर्ष साधारण सभा तथा पालिका र वडामा प्रतिवेदन पेश गर्ने लगायत पक्षलाई जोड दिदै १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्मेलनमा सहभागी हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खानेपानी र सरफाईमा हिमाले गरेका कामलाई संरक्षण तथा व्यवस्थापन गर्न जल सम्मेलनका प्रतिबद्धताले थप सहयोग पुग्ने बताए ।

उनले पाँच वर्ष भित्र खानेपानीमा नमुना विकास गर्ने गरि पालिका लागेका उल्लेख गर्दै स्रोतको संरक्षण रसदुपयोगमा जोड । करिब ११ सयबढि घरमा धारा पनि पुगिसकेको उनले बताए । उनले जल सम्मेलनमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा गम्भीर हुनुपर्ने पनि बताए ।

सम्मेलनमा ३१ वटा खानेपानी योजनाका पदाधिकारी,स्थानीय सहित पालिकाका जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो । कूल ३१ वटा उपभोक्ता समिति मध्य २७ समितिसंग योजना सम्झौता भईसकेको छ भने २७ वटा समितिको सम्मेलनमा सेवा सहायता केन्द्र मार्फत खानेपानी तथा सरसफाइ योजनाको मर्मत तथा सम्भार कार्यान्वयन समझ्दारी पत्रमा समिति र पालिकाबिच सम्झौता समेत भएको वास संयोजक सुमिता शाहीले बताइन् ।

नेपाल सरकारको राष्ट्यि खानेपानी तथा सरसफाइ नीति २०८० मा उल्लेखित प्रावधान अनुसार साना तथा मध्यम मर्मत गर्नुपर्ने खानेपानीका योजनाहरुलाई उपभोक्ता र गाउँपालिका बीच निश्चित रकममा साझदारी गर्नु पर्ने व्यवस्था छ ।

सम्मेलनमा पालिकामा दर्ता भएका उपभोक्ता समितिलाई प्रमाण पत्र वितरण गरिएको थियो । कुल ३१ वटा योजना मध्य तीन वटा योजना मर्मत संभार कोषका लागि रकम समेत जम्मा भएको बताइएको छ ।

सम्झौता बमोजिम प्रती धारा रु ५००भन्दा कम लागत लाग्ने मर्मत सम्भार क्रियाकलाप भएमा उपभोक्ता समितिले आफै सबै क्रियाकलाप अगाडि बढाउने, प्रती धारा रु ५०१ देखि रु १००० सम्म भएमा ७० प्रतिशत उपभोक्ता ले ब्यहोर्ने र ३०प्रतिशत पालिकाले ब्यहोर्ने तथा प्रती धारा रु १००० माथी लागत लाग्ने मर्मत सम्भारका लागि ५० प्रतिशत उपभोक्ता र ५० प्रतिशत गाउँपालिकाले ब्यहोर्ने ब्यवस्था रहेको छ । त्यसै गरि ठूलो मर्मत र पुनस्थापना आयोजनाको हकमा ८० प्रतिशत पालिका/संघ/प्रदेश सरकार मार्फत बाट बजेट बिनियोजन गर्ने र २० प्रतिशत उपभोक्ताले ब्यहोर्ने समझदारी भएको छ ।

कार्यक्रमको सहजीकरण सुस्वा आयोजनाको तर्फबाट सुशासन बिज्ञ इ. निराजन श्रेष्ठ र वास सल्लाहकार पवन वली र सेवा सहायता केन्द्र सहजकर्ता हस्त हमालले गरेका थिए । कार्यक्रममा करिव १०० जना उपभोक्ता समिती र मर्मत सम्भार कार्यकर्ताहरुक, वडाध्य्क्ष र अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १० : २० बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको