२ पुस २०८२, बुधबार | December 18, 2025

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौं : स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताए ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रुपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकाले समायोजनका लागि समिति गठन गरिएको बताए ।

स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे। उनले उचित मूल्यमा औषधि प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न आफू क्रियाशील रहेको बताउँदै प्राप्त सुझाव कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माले प्रतिवेदन कार्यान्वयनमास्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै निकायको सक्रिय सहयोग अपरिहार्य भएकामा जोड दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल