५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तीन वर्षपछि निकुञ्जमा तस्करले गैंडा मारेको आशंका



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकामा दुई प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो । बरालले भने,“खाग र खुर भने सुरक्षित भेटियो”, उनले थपे “शङ्कास्पद भयो, तस्करले होइन भन्न सक्ने अवस्था रहेन ।”

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता बढाइएको छ । विसं २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन । निकुञ्जका पशु चिकित्सक डा भीषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो ।

मृत भाले गैंडाको टाउकामा दुई प्वाल थिए । तीनदेखि चार इन्चका ती प्वाल के कति कारणले भएको यकिन नभएको उनले जानकारी दिए । करिब एक साताअघि गैंडा मरेको अनुमान गरिएको छ ।

तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् । खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय बनेको छ । निकुञ्जमा साउनयता प्राकृतिक कारणले तीन गैंडा मरेका छन् । सशस्त्र द्धन्द्धमा तस्करले एकै वर्षमा ३६ वटासम्म गैंडा मारेका थिए ।

पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत बनाएपछि तस्करले गैंडा मार्न नसकेका हुन् । गत आर्थिक वर्षमा गैंडाको गणना गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण स्थगन भएको थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन् । रासस

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ९ : १५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान