१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

निषेधाज्ञाकै बीच कर नतिरे जरिवाना लाग्ने सरकारी सुचना सच्याउन कांग्रेसको माग



काठमाडौँ । सरकारले उद्योगि ब्यवसायीहरुलाई पाकेको राजश्व (कर) तिर्न गरेको ताकेता प्रति नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले बिरोध जनाएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन उद्योग ब्यापार बिभागले निषेधाज्ञाकै बीचमा कर तिर्न र नतिरेमा जरिवाना लिन सरकारको निर्णय सच्याउन सरकारसँग माग गरेको छ। लामो समयको बन्दाबन्दी तथा जारी निषेधाज्ञाका कारण उद्योग व्यवसाय नै धरासायी भएका बेला सरकारले लिएको नीति हठमात्र भएको उद्योग ब्यापार विभागले ािश्कर्ष निकालेको छ ।

काँग्रेसको उद्योग ब्यापार विभागका सचिव दीर्घमान श्रेष्ठले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको कर असुल्ने निर्णय सच्याउन माग गरेको हो । विज्ञप्तिमा महिनाभर आवागमनमा रोक लगाउने रमसान्त सकिनै लाग्दा केबल कर उठाउनका लागि भाद्र २३, २४ र २५ गते तीन दिन बैंकहरु खुला गर्न तथा २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न सरकारले जारी गरेको सुचना गलत भएको उल्लेख गरिएको छ । ब्यवसायनै डुब्न लागेका बेला कर तिर्न ताकेता गर्ने अन्यथा नियम अनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको बिज्ञपीतमा भनिएको छ ।

विभागले निषेधाज्ञा खुलेपछिको एक महिनाभित्र कर दाखिला गर्ने सम दिन पनि सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १० : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा