२० मंसिर २०८२, शनिबार | December 6, 2025

वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक टी-२० सिरिज खेल्ने



काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टि२० अन्तर्राष्ट्रिय सिरिज को घोषणा गरेको छ ।

नेपालले दुईपटकको टी२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी-२० आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।

यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ । विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।

क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ । यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ३२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति