१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद खोल्न एमाले र माओवादीबीच २ बुँदे सहमति



काठमाडौं। संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षीबीचमा २ बुँदे सहमति भएको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन्।

हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा बिमत र आरोप प्रत्यारोप छैन ।’

प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति कायम भएको हो ।

जसअनुसार पहिलो बुदाँमा “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,” उल्लेख छ ।

साथै, दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था र संरचनाका लागि ठोस पहल गरिनेछ ।”

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ४ : ०१ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज