२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते



वासिंगटन डिसी। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।

पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भिर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरु बाँच्ने आशामा डाक्टरहरु छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’

आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । उनका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली हानेका थिए उसले यस्तो वर्दी लगाएको छ कि जो कोहीले पनि उसलाई वास्तविक पुलिस मान्न सक्छन भन्दै नझुक्किन आग्रह गरेका छन् ।

प्रहरीका अनुसार दुवै सांसदको घर एकअर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा रहेको छ । सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानलाई कम्तिमा दुईवटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको थियो। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपी घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन ।

यसैबीच, मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।

कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सुचना जारी गरेको छ । एकजना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

समाचार अनुसार मानिसहरूलाई दुई प्रहरी अधिकारीहरू नआएसम्म ढोका नखोल्न भनिएको छ। यो आक्रमण राजनीतिक कारणले भएको हो वा अन्य कारणले भएको हो भन्ने खुलेको छैन तर प्रहरीले यसतर्फ अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ४३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको