२० मंसिर २०८२, शनिबार | December 6, 2025

त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै



काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । हिजोबाट शुरू भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै सुरुवात गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ । नेपालको भने यो पहिलो खेल हो ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी-२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको हो । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जीत निकालेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ । लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन् ।

उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन् । किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ५६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले