२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू



काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । नेदरल्यान्ड्सको यो सिरिजमा दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्ड्ससँग पराजित भएको छ ।

टी-२० आईमा यसअघि भएका पाँच भेटमा तीन जित नेदरल्यान्ड्सले निकालेको छ भने दुई मा नेपालले जितेको छ । आजको खेल नेपालको टी-२० आई फर्म्य्राटमा एक सयौं खेल पनि हो । नेपालका लागि टी-२० अन्तर्राष्ट्रिमा दुई जना खेलाडीले डेब्यू गर्दैछन् । किरण ठकुन्ना र रुपेश सिंहले डेब्यू गर्दैछन् ।

घरेलु क्रिकेटमा जमेका दुवै खेलाडीको प्रदर्शन कस्तो हुनेछ त्यो खेलले नै थाह हुनेछ । यस्तै हार्ड हिटर लोकश बमको पनि प्रतिक्षा सबैलाई रहनेछ । ए टिममा आयरल्यान्ड्स उल्फ विरुद्ध उनले आक्रामक ब्याटिङ गरेका थिए ।

यस्तो छ नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठकुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ४६ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै