२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बुटवल उपमहानगरपालिकाद्वारा बुटवल कृषि उपज थोक बजार केन्द्रमा अनुगमन तथा विषादी परीक्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले मंगलबार बुटवलमा फलफूल तथा तरकारीको नमुना संकलन गरी विषादी परीक्षण गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले बुटवल-६ स्थित कृषि उपज थोक बजार केन्द्रमा विभिन्न फलफूल तथा तरकारीको १४ वटा नमुना संकलन गरि परीक्षणका लागि ल्यावमा पठाएको हो ।

उपप्रमुख अर्यालले पूर्वी नेपालमा विषादीयुक्त फलफूल तथा तरकारी भित्रिएको हल्लापछि बुटवलमा पनि यसको अवस्था बारे जानकारी लिने उद्देश्यले अनुगमन गरि नमुना परीक्षण गरिएको जानकारी दिइन । उपमहानगरपालिका उपभोक्ताको स्वास्थ्यमा सचेत रहेको बताउँदै उनले गुणस्तरीय र उपभोगयोग्य खाद्यवस्तु मात्रै बजारमा विक्री गर्नु पर्ने कुरामा जोड दिइन ।

मंगलबार संकलन गरिएको नमूना परीक्षणमा विषादीका मात्रा नभेटिएको बुटवल कृषि उपज थोक जबार केन्द्रका नायव प्राविधिक सहायक दिनेश यादवले जानकारी दिए । बुटवलको थोक बजार केन्द्रमा हरेक दिन फलफूल तथा तरकारीको विषादी परीक्षण हुने गरेको जानकारी गराउँदै उनले मंगलबार उपमहानगरको अनुगमन टोलीसहित गरिएको नमुना संकलन र परीक्षमा पनि सामान्य नै भेटिएको जानकारी दिए ।

उपमहानगरका अनुगमन तथा मुल्याङ्कन शाखाका प्रमुख ठगिश्वर पोखरेल र प्राविधिक टोली, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि।सी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य सदस्य काशीराम पौडेल लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनका क्रममा थोक बजार भित्र दर्ता नभएका पसलहरु सञ्चालनमा रहेका, थोक बजार केन्द्र सञ्चालन समितिले सरसफाई तथा व्यवस्थापनमा लापरवाही गरेका लगायतका गुनासोहरु आएको उपप्रमुख अर्यालले जानकारी दिइन् । नियमनका लागि सम्बन्धित वडा तथा समितिलाई सचेत गराइने उनले बताइन् ।

नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत फलफूल तथा तरकारी संकलन तथा विक्री वतरण हुने बुटवल कृषि उपज थोक बजार केन्द्रमा हरेक दिन कार्वामेट अन्तरगत पर्ने २ प्रकारका विषादी तथा अर्गेनो फास्टफेड अन्तरगत पर्ने ८ प्रकारका विषादीको नमुना परीक्षण गर्ने गरिन्छ । यसबाहेक फलफूल तथा तरकारीमा अन्य विषादी प्रयोग भएमा उक्त परीक्षणका लागि ल्याव सेवा उपलब्ध रहेको छैन ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ५४ बजे

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म

हिमाली जिल्ला मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा