चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । आज बिहान खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएका कारण काम गर्न असहज भएको जनाइएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार माथिबाट थप पहिरो नखसे २(३ घण्टाभित्र सडक संचालनमा आउने छ ।



















प्रतिक्रिया